‘म ट्रम्पलाई जेलभित्र देख्न चाहन्छु’ – पेलोसी


प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार

अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जेलभित्र रहेको आफूले हेर्न चाहेको बताएकी छिन् । सिनियर डेमोक्र्याटहरुसँग कुरा गर्दै उनले ट्रम्पबिरुद्ध महाअभियोग होइन, जेलमा हाल्ने कदम आवश्यक रहेको बताएकी हुन् ।

पेलोसीले ट्रम्पलाई महाअभियोग नभई जेलमा रहेको हेर्न चाहेको बताएको पोलिटिकोले समाचार प्रकाशित गरेको छ । मंगलबार राती प्रतिनिधिसभाको न्यायायिक कमिटिका अध्यक्ष जेरी नाड्लरले महाअभियोगबारे सोधेको विषयमा पेलोसीले यस्तो टिप्पणी गरेकी हुन् ।

पेलोसीले भनिन् – ‘म उनबिरुद्ध महाअभियोग लागेको होइन, उनी जेल परेको हेर्न चाहन्छु ।’

पेलोसीले नाड्लरसहित अन्य उच्च डेमोक्र्याटहरुलाई पनि भेटेकी थिइन्, जो राष्ट्रपति ट्रम्पबिरुद्धका अनुसन्धानहरुमा आक्रमक तरिकाले लागिपरेका छन् । नाडलरले ट्रम्पबिरुद्धको महाअभियोग सोधपुछ सुरुवात गर्नका लागि आफ्नो कमिटिलाई अनुमति दिन पेलोसीसमक्ष अनुरोध गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेलोसी भने ट्रम्पलाई महाअभियोग लगाउने नभई उनबिरुद्धका अभियोगहरु प्रमाणित गराएर जेल हाल्नुपर्ने पक्षमा रहेकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com