अष्ट्रेलियामा बन्दुकधारीको आक्रमण, ४ को मृत्यु


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

नर्थ अष्ट्रेलियाको डार्विनमा बन्दुकधारीको आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुशार मंगलबार साँझ पौने ७ बजेको घटनाको झण्डै एक घण्टापछि संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ ।

स्थीति नियन्त्रणमा आइसकेको र सर्वसाधारणलाई कुनै थप खतरा नरहेको प्रहरीले जनाएको छ । के कारणले घटना गराइएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीले आफ्नो सटगनबाट अन्धाधुन्द गोली चलाएको जनाइएको छ । घटनामा एकजना घाइते भएको जनाइएको छ । अष्ट्रेलियाका प्रधानमन्त्रीले घटनालाई दुखद हिंशात्मक घटना बताएका छन् ।

सन् १९९६ को घटनापछि बन्दुकमा नियन्त्रण गर्ने कडा कानुन ल्याइएपछि अष्ट्रेलियामा गोली प्रहारका घटना निकै दुर्लभ मानिन्छन् । सन् १९९६ मा तास्मानियामा भएको गोलीकाण्डमा ३५ जनाको ज्यान गएको थियो । त्यसपछि तत्कालिन प्रधानमन्त्री जोन हवार्डले तीब्र गतिका राइफल, सटगनमा प्रतिबन्ध लगाउनुका साथै हतियार सम्बन्धि कानुनमा कडाई गरेका थिए । त्यसपछि १० लाखभन्दा धेरै हतियार जम्मा गरेर नष्ट समेत गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना मेलबर्न नाइट क्लबको बाहिर एकजना सुरक्षा गार्डको हत्या भएको थियो भने ५ जना घाइते भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com