अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा, महारानीबाट स्वागत


प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई बेलायतकी महारानीबाट दरबारमा स्वागत गरिएको छ । ट्रम्पको तीनदिने बेलायत भ्रमणको पहिलो दिन महारानीसँग नीजि भोजनको निम्ता दिइएको थियो । स्वागत समारोह र निजी भोजनका लागि ट्रम्प दम्पत्ति बकिंघम दरबार पुगेका थिए ।

बेलायतमा आउनुभन्दा केही मिनेट पहिले ट्रम्पले ट्वीटरमार्फत लण्डनका मेयर शादिक खानको आलोचना गरेका थिए । मेयर ट्रम्पलाई बेलायतमा रेड कार्पेट ओछ्याएर स्वागत गर्न नहुने बताएका थिए ।

सोमबार विहान ट्रम्प दम्पत्ति एयर फोर्स वानमार्फत लण्डन पुगेपछि बेलायतका लागि अमेरिकी राजदूतको निवासमा गएका थिए । त्यसपछि उनीहरु सिधै बकिंघम दरबार गएका हुन् । ट्रम्पको तीनदिने बेलायत भ्रमणका क्रममा ट्रम्पविरोधी प्रदर्शनहरुको समेत आयोजना गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले मंगलबार पद छाड्दै गरेकी बेलायती प्रधानमन्त्री टरिजा मेलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com