नेमारले अस्वीकार गरे बलात्कारको आरोप


प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार

ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारले प्यारिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोप सशक्त रूपमा अस्वीकार गरेका छन्।

प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले प्यारिसस्थित एउटा होटलमा सो घटना भएको उल्लेख गरेकी छन्। नेमार फुटबल क्लब प्यारिस साँ-जमाँ (पीएसजी) का लागि खेल्छन्।

नेमारको व्यवस्थापनले एउटा विज्ञप्ति जारी गर्दै उनले आरोपलाई “पूर्ण रूपमा अस्वीकार” गरेको जनाएको छ।

नेमार अहिले कोपा अमेरिकाका लागि ब्राजिलमा राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्दैछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीको दस्तावेजअनुसार नाम नखुलाइएकी ती महिला र नेमारबीच सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत्‌ चिनचान भएको थियो र नेमारले प्यारिसमा उनलाई भेट्न बोलाएका थिए।

ती महिलालाई ब्राजिलबाट फ्रान्सका लागि उनले हवाई टिकट उपलब्ध गराएका थिए भने प्यारिसस्थित एउटा होटलमा कोठा पनि लिइदिएका थिए।

गत मे महिनाको १५ तारिखमा नेमार होटल आइपुग्दा उनले मदिरा सेवन गरेको “स्पष्ट रूपमा” देखिएको ती महिलाको आरोप छ।

कुराकानी र अङ्कमालपछि नेमार “आक्रामक भए र हिंसात्मक रूपमा पीडितको इच्छाविपरीत शारीरिक सम्बन्धमा सक्रिय भए”, प्रहरीको दस्तावेजमा भनिएको छ।

घटनाबारे फ्रान्सेली प्रहरीमा कुनै उजुरी नै नगरी त्यसको दुई दिनपछि ती महिला ब्राजिल फर्किइन् किनकि “उनी भावानात्मक रूपमा विचलित भएकी थिइन् र परदेशमा उजुरी गर्न डराएकी थिइन्,” प्रहरीको दस्तावेजमा उल्लेख छ।

आरोपहरू सार्वजनिक भएपछि जारी गरिएको एउटा विज्ञप्तिमा नेमारको व्यवस्थापनपक्षले भनेको छ, “हामी अन्यायपूर्ण आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्छौँ।”

नेमारका बुवा नेमार डस सान्तोसले शनिवार ब्राजिलको ब्यान्ड टीभीसँग कुरा गर्दै “त्यो एउटा जालसाजी भएको स्पष्ट छ” भनेका छन्।

“यदि सर्वसाधारणलाई सत्यतथ्य बुझाइएन भने यो कुरा फैलिँदै जान्छ। ह्वाट्सएपमा नेमार र ती महिलाबीच भएका कुराकानी देखाउनुपर्छ भने हामी देखाउँछौँ,” उनले थपे।

अनुशासनसम्बन्धी पछिल्ला मुद्दाका कारण अग्रपङ्क्तिका २७ वर्षीय यी खेलाडीलाई कप्तानको भूमिकाबाट हटाइएको छ।

गत महिना कप डे फ्रान्समा पीएसजी ‘रेन’ बाट पराजित भएपछि एक प्रशंसकलाई हिर्काएका कारण फ्रान्सेली फुटबल अधिकारीहरूले नेमारमाथि तीनवटा म्याचमा प्रतिबन्ध लगाएका छन्।

ड्रेसिङ रुममा भएको एउटा झगडामा पनि उनी मुछिएका छन्।

कोपा अमेरिका जुन १४ देखि जुलाई ७ तारिखसम्म ब्राजिलमा हुँदैछ। समूह ए मा आयोजकसहित बोलिभिया, भेनेजुएला र पेरू छन्।

घुँडामा चोट लागेका कारण मङ्गलवार नेयमारले प्रशिक्षण रोकेका थिए। तर उनको चोट त्यति गम्भीर नभएको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com