अमेरिकाको भर्जिनियामा गोली चलाईदा १२ को मृत्यु, गोली चलाउने व्यक्ति असन्तुष्ट कर्मचारी


प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार

अमेरिकाको भर्जिनिया बिच सिटी भवनमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । बन्दुकधारी एकजना असन्तुष्ट कर्मचारी रहेको खुलासा भएको छ ।

प्रहरीसँगको भिडन्तमा बन्दुकधारीको मृत्यु भएको छ । महानगरको सरकारी भवनमा दिउसो ४ बजेतिर अन्धाधुन्द गोली चलाइएको थियो । बन्दुकधारीले प्रहरीमाथिपनि गोली चलाएको थियो । तर प्रहरीले गोली प्रतिरोधक भेष्ट लगाएका कारण जोगिएका थिए ।

प्रहरीले घटनास्थलबाट पेस्तोल र राइफल बरामद गरेको छ । यी हतियारहरु बन्दुकधारीले प्रयोग गरेको विश्वास गरिएको छ । शुक्रबारको घटनामा अमेरिकामा नोभेम्बर यताकै ठूलो घटना रहेको जनाइएको छ । गत नोभेम्बरमा क्यालिफोर्नियामा भएको यस्तै घटनामा १२ जना मारिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com