अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोटरी अन्त्य गर्नका लागि अगाडि सारेको योजनाले सन् २०२० को लागि डिभी विजेता र अहिले डिभीमार्फत भिसा पाइरहेकाहरुलाई कुनै असर गर्ला ? सन् २०२० का डिभी विजेताहरु ठगबाट कसरी बच्ने ?
फेडरल रजिस्टरमा नेपालको टीपीएस ९ महिना स्वत लम्बिएको सुचना आएपछि अब नेपाली टीपीएस वाहकले गर्नुपर्ने र गर्न नहुने कामहरु के हुन् ? लगायत दर्शकका दर्जनभन्दा धेरै प्रश्नहरुको उत्तरसहित अमेरिकाका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीका साथमा खसोखासका प्रधानसम्पादक किशोर पन्थी ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।