कानुनी रूपमा अमेरिका प्रवेश गरेका एक पुरुष “ग्रीनकार्ड अन्तर्वार्ता”कै क्रममा पक्राउ


प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार

अमेरिकाको साल्ट लेक सिटीमा एक पुरुषलाई ग्रीनकार्ड अन्तर्वार्ताकै क्रममा आप्रवासन अधिकारीहरूले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जाएर सेलिस रहेका छन् ।

उनी डिसेम्बर २ मा यू.एस. सिटीजनसिप एन्ड इमिग्रेशन सर्भिसेज (यूएससीआइएस)को कार्यालय पुगेका थिए । लामो समयदेखि चलिरहेको आप्रवासन प्रक्रियाको अन्त्य गर्दै कानुनी स्थायी बसोबास (ग्रीनकार्ड) प्राप्त हुने अपेक्षाका साथ पुगेका सेलिसलाई अन्तर्वार्ता कै क्रममा आइस अधिकारीहरूले नियन्त्रणमा लिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

उनका वकिलले सेलिसले सबै नियम पूरा गरेको र कुनै आपराधिक रेकर्ड पनि नरहेको बताएका छन् । सेलिसकी पत्नी, जो अमेरिकी नागरिक हुन्, उनले उक्त घटनाले आफूहरू ‘टुक्रिएको परिवार’जस्ता भएको बताएकी छिन् । 

“उनीहरू अपराधी मात्र समात्छन् भन्ने कुरा गलत हो। हाम्रो परिवार नै त्यसको उदाहरण हो,” उनले भनिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेलिस दम्पती ५ वर्ष अघि वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरूको ४ वर्षका एक सन्तान पनि छन् । सेलिस कानुनी रूपमा भिसा लिएर अमेरिकामा प्रवेश गरेका थिए । उनी युटाहको युवा फुटबल समुदायमा प्रशिक्षकको जिम्मेवारीमा पनि रहेको उनको परिवारले जनाएको छ । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com