ग्रिनकार्डवाहकलाई टिप्स : जुलाईमा दम्पत्ति र छोराछोरीका लागि कस्ले फाइल गर्न मिल्छ ग्रिनकार्ड आवेदन ?


प्रकाशित मिति : असार १०, २०७६ मंगलबार

आई १३० आवेदन दिएका र आवेदनबारे निर्णय हुन बाँकी रहेका तर अमेरिकामा नै रहेका ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुका लागि  जुलाई महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न मिल्छ । र आई १३० र आई ४८५ को निर्णय नआउँदासम्म ग्रिनकार्डबाहकका दम्पत्ति र छोराछोरीहरुले वर्क परमिट प्राप्त गरेर अमेरिकामा काम गर्न पाउँछन् ।

यदि तपाई ग्रिनकार्ड बाहक हुनुहुन्छ भने र अमेरिकामा रहेका आफ्ना श्रीमान् वा श्रीमति तथा २१ बर्ष मुनिका छोराछोरीहरुका लागि आवेदन दिने सोंचमा हुनुहुन्छ भने जुलाईमा एकसाथ आई १३० आवेदन र आई ४८५ फाइल गर्न सक्नुहुनेछ ।

त्यस्तै विदेशमा दम्पत्ति र छोराछोरी हुने ग्रिनकार्डवाहकका हकमा पहिले नै आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा आवेदन पुगेको छ भने उनीहरुले जुलाई महिनामा दूतावासमार्फत भिसा प्राप्त गर्न सक्नेछन् । आई १३० स्वीकृत भइसकेपछि पनि महिनौं कुनुपर्ने बाध्यताको जुलाईमा अन्त्य हुनेछ । विदेशमा दम्पत्ति र छोराछोरी हुने तर आई १३० स्वीकृत नभएकाहरुको हकमा भने कुनै फाइदा हुनेछैन ।

यसबारे खसोखासका प्रधानसम्पादक किशोर पन्थीले कानुन व्यवसायी केशवराज सेडाईसँग गरेको कुराकानीको भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com