अष्ट्रेलियाको वुलवर्थमा बुधबार लाग्दैछ ठूलो सेल, ५० प्रतिशतसम्म छुट


प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार

अष्ट्रेलिया स्थित सुपरमार्केटमा ठूलो सेल लाग्ने भएको छ । मे २२ अर्थात भोली बुधबार वुलवर्थमा सेल लाग्ने भएको हो ।

उक्त सेलमा खानेकुरा, सरसफाईसंग सम्बन्धित सामानहरु आदिमा ५० प्रतिशतसम्म छुट हुने बताइएको छ ।

सेलको फाइदा उठाउँदै सामान किन्न चाहनेहरुले वुलवर्थको एप्लिकेसन मार्फत पनि सामान खरिद गर्न सक्नेछन् । स्टोर र अनलाइन दुवैमा छुट उपलब्ध हुने वुलवर्थले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com