अष्ट्रेलियामा मे २० देखि नयाँ सडक नियम लागु हुने


प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार

सडक दुर्घटना कम गर्नको लागि अष्ट्रेलियाको न्यु साउथ व्ह्लेस राज्य सरकारले नयाँ सडक नियम लागु गर्ने भएको छ । मे २० देखि उक्त नयाँ नियम लागु गर्न लागेको हो ।

नयाँ सडक नियम अनुसार, मादक पदार्थ तथा कुनै पनि नशालू पदार्थ सेवन गरि गाडी चलाउनेहरुलाई कडा कारबाही हुनेछ । त्यसरी गाडी चलाउने व्यक्तिहरु तर पहिलो पटक गल्ती गरेका, अपराधिक क्रियाकलापमा संलग्न नभएकाहरुले समेत त्यो सजाय भोग्नु पर्नेछ ।

मे २० देखि त्यस्ता व्यक्तिहरुलाई ५ सय ६१ डलर जरिवाना लाग्नेछ । त्यस्तै गाडी चलाउने ती व्यक्तिको लाइसेन्स तीन महिनाको लागि निलम्बन हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com