अमेरिकामा एउटै घरबाट हजारभन्दा बढी बन्दुक बरामद


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

बुधबार अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक भेटिएको छ ।

गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात–हतियार भेटिएको थियो ।

अमेरिकाका दुई सुरक्षा एजेन्सीले संयुक्त रुपमा सो छापा मारेका थिए ।

सर्च अपरेसनमा अमेरिकाको ‘ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म एण्ड एक्स्प्लोसिभ्स’ र लस एन्जेल्स प्रहरी विभाग संलग्न थिए ।

घटनास्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउबारे प्रहरीले थप जानकारी बाहिर ल्याएको छैन ।

घटनास्थलको हवाई फुटेजमा सडकमा ओछ्याइएको त्रिपालमा सयौं बन्दुक राखिएको देखिन्छ । त्यहाँ ह्याण्डगनदेखि राइफलसम्म छन् ।

यस अघि सन् २०१५ मा लस एन्जल्स प्रहरी विभागले १२ सय बन्दुक, सात टन विस्फोटक पदार्थ र २ लाख ३० हजार अमेरिकी डलर बरामद गरेको थियो । प्रहरी पुग्दा घरधनी भने मृत पाइएका थिए ।
उक्त समय लस एन्जल्स प्रहरी विभागले त्यसलाई एक घरबाट बरामद भएको सबैभन्दा ठूलो मात्राको हतियार बताएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com