कारको ठक्करबाट पश्चिम जापानमा २ बालबालिको मृत्य


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

पश्चिम जापानको ओत्सु शहरको लेकसाइडमा पैदल हिडिँरहेका बालिबालिकालाई एक कारले ठक्कर दिएको छ । ठक्करबाट २ बालबालिकाको मृत्यु भएको छ भने १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

अधिकांश किण्डरगोर्डनका बालबालिकाको १६ जनाको समूहलाई कारले ठक्कर दिएको हो । कम्प्याक्ट कार अर्को एक प्यासेन्जर कारमा ठोक्किएपछि सो दुर्घटना भएको सिगा प्रिफेक्चरका प्रहरीले बताएका छन् । तीन जना शिक्षकको नेतृत्वमा २ देखि ३ वर्ष उमेर समूहका बालबालिका विहानीको समयमा आफ्नो स्कूल जानलाग्दा यस्तो भएको हो ।

घटना लगत्तै अस्पताल लगिएका मध्ये दुई वर्षका एक बालक र बालिकालाई तत्काल मृतक घोषणा गरिएको थियो । समूहका अन्य घाइतेका अवस्थाबारे तत्काल केही जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ । कम्प्याक्ट कार चालक ६२ वर्षिय महिला र अर्का सवारी चालक ५२ वर्षिय महिलालाई लापरवाहीको आरोपमा तत्काल पक्राउ गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com