नेपालमा सुटिङ गरिएको अर्जुन कपुरको ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्बजनिक (भिडियो)


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

‘इन्डियाज मस्ट वान्टेड’

केही समय अगाडि नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक घटनाबाट प्रभावित भनिएको यो चलचित्रले भारतका ५ जना नपत्याएका हिरोहरुले गरेको एउटा घटनाको अप्रेशनलाई उठान गरेको छ ।

यो चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको छ । मुम्बैमा बम हमला गरेर नेपाल छिरेका एक आतंककारीलाई पछ्याएका ५ हिरोको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

नेपालका विभिन्न स्थान चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा अर्जुन कपुर, राजेश शर्मा, प्रशान्त, गौरभ मिश्र, आशिफ खान लगायतलाई देख्न सकिन्छ । साथमा, नेपाली कलाकार कमलमणी नेपाललाई पनि चलचित्रको ट्रेलरमा हेर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com