गोप्य कुरा चहाएपछि बेलायतका रक्षा मन्त्री बर्खास्त


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

बेलायतका रक्षा मन्त्री गाविन विलियमसन बर्खास्त भएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को गोप्य जानकारी चुहावट गरेकोमा आरोपमा उनी बर्खास्त भएका हुन् । उनी सन् २०१७ देखि बेलायतको रक्षा मन्त्री थिए ।

प्रधानमन्त्री टेरिजा मेको कार्यालयबाट जारी गरिएको वक्तव्यमा प्रधानमन्त्रीले गाविनको क्षमतामाथिको विश्वास गुमाएको उल्लेख गरिएको छ । अब पेनी मोर्डन्ड रक्षा मन्त्री बन्ने छिन् । अप्रिल २३ मा भएको बैठकको जानकारी चुहावट भएको हो ।

बेलायतमा ५ जी नेटवर्क बिस्तारका लागि हुवाईलाई सीमित अनुमति दिने सम्बन्धमा भइरहेको अनुसन्धान बारेको जानकारी चुहावट भएको थियो । गाविनले भने कुनै पनि जानकारी चुहावट नगरेको दाबी गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com