महाराष्ट्रमा नक्सलवादी आक्रमण –१५ सुरक्षाकर्मीको मृत्यु


प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार

भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको ज्यान गएको छ ।

 

बुधबार गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको हो । गाडीमा १६ जना प्रहरी सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले पनि त्यस क्षेत्रमा नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी रहेको छ । केही समयअघि मात्रै महाराष्ट्रका विभिन्न ठाउँमा माओवादीहरुले तीन दर्जनभन्दा बढी गाडी जलाएको खबर आएको थियो ।

महाराष्ट्र राज्यमा सरकारले राज्य स्थापना दिवस मनाइरहँदा घटना घटाइएको छ । माओवादीहरुले भने गएको वर्षको अप्रिल २२ मा आफ्ना ४० कार्यकर्ताको सुरक्षाकर्मीबाट हत्या भएको स्मृतिमा एक हप्ता लामो विरोधका कार्यक्रम राख्दै आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com