अष्ट्रेलियामा गाडीमा कम्बल मुनि बच्चाहरु राखेर हिंडेका व्यक्तिलाई ३३ डिमेरिट पोइन्ट्स
प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार
अष्ट्रेलियामा सडक नियममा कडाइ हुन थालेको छ । गाडी चलाइरहेको समयमा मोबाइल समाएका देखि सिट बेल्ट नलगाएका या बच्चालाई गलत सिटमा राख्नेहरु समेत कारबाहीमा परिरहेका छन् ।
सिड्नीको दक्षिण पश्चिमको केवल टाउनमा पांच जना बच्चा लिएर हिडेको एक गाडी कारबाहीमा परेको छ । गाडी चलाइरहेका ३८ वर्षीय ती व्यक्तिलाई कारबाही स्वरुप ३३ डिमेरिट पोइन्ट्स दिइएको छ ।
उक्त गाडीमा ११ वर्षिया एक बालिकाले सिट बेल्ट बाँधेकी थिइनन् । तीन वर्षको एउटा बच्चा बेबी सिटमा थियो, तर उसले पनि सिट बेल्ट बाँधेको थिएन । त्यस्तै गाडीको पछाडीको भागमा तीन बच्चा कम्बल मुनी लुकेर बसेका थिए ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






