८ वर्षका बालकले साढे एक वर्षे अबोधको ज्यान लिए


प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार

दिल्लीमा हत्याको एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ जहाँ आपसी विवादमा एक आठ वर्षका बच्चाले एक शिशुको हत्या गरेको भारतीय मिडिया आजतकले बताएको छ । ती अबोध बालकको गल्ती यो थियो कि उनकी दिदीले केही दिन अघि आरोपी बच्चालाई धकेलेकी थिइन् । यही कुराको बदला लिनका लागि आरोपी बच्चाले आफूलाई धकेल्नेको भाइलाई बेस्सरी धकेले जसका कारण उनको टाउकोमा गम्भीर चोट लाग्यो र उनको मृत्यु भयो ।

निकै विचलित पारिदिने यो घटना दक्षिण दिल्लीको फतेहपुर बेरी इलाकाको हो । पुलिसका अनुसार केही दिनअघि बच्चाहरु खेल्ने बेला सामान्य विवाद भएको थियो । खेल्ने क्रममा आठ वर्षका बालकलाई धक्का दिइएको थियो । यसै घटनापछि आरोपी बच्चा निकै रिसाएका थिए । मौका पाउने बित्तिकै उनले आफ्नो रिस आफूलाई धकेल्नेका साढे एक वर्षका भाइमाथि निकाले । उनले बच्चालाई बेस्सरी धकेले जसकाकारण बच्चाको टाउको भुइँमा ठोक्कियो र उनको मृत्यु भयो ।

पुलिस उपायुक्त विजय कुमारका अनुसार पुलिसले शनिबार बिहान बच्चा हराइरहेको खबर पाएको थियो । प्राथमिक अनुसन्धानमा बच्चा साढे एक वर्षको भएको पत्ता लाग्यो । शुक्रबार राती ती बालक आफ्नो मान्डी गाउँस्थित घरको छतमा आफ्नी आमा र दिदीसँग सुतिरहेका थिए जहाँबाट उनी करिब राती एक बजेदेखि बिहान चारबजे बीच गायब भएका थिए ।

पुलिसका अनुसार यसैबीच नजिकैको घरमा भाडामा बस्ने अर्का एक बालक हराइरहेको जानकारी पाइयो । पछि शिशुको शव उनको घर नजिकैको नालीबाट भेटिएको हो । पुलिसका अनुसार उनको दाहिने आँखा, पेट र खुट्टामा घाउको निशाना थियो । उनको कानबाट रगत बगिरहेको थियो ।

पुलिसका अनुसार बच्चालाई शनिबार बिहान पक्राउ गरिएको थियो । अब पुलिसले उनलाई किशोर न्याय बोर्डमा पेश गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com