न्युजिल्याण्डको एक कम्पनीले ‘लाइक’ बेचेको भन्दै फेसबुकले हाल्यो मुद्दा
प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार
न्युजिल्याण्डको एक कम्पनी विरुद्ध फेसबुकले मुद्दा हालेको छ । कम्पनी संगै फेसबुकले तीन व्यक्ति विरुद्ध समेत मुद्दा हालेको छ ।
सामाजिक संजाल कम्पनी फेसबुकले उक्त कम्पनी तथा व्यक्तिहरुले फेसबुक र इन्स्टाग्राममा झुठा ‘लाइक’, ‘भ्युज’ र ‘फलोवर’ बेचेकोले मुद्दा हालेको बताएको छ ।
फेसबुकले आफ्नो नियम विपरित जानेलाई सुरुमा सुचना दिएर त्यसो नगर्न चेतावनी दिन्छ । चेतावनी दिंदा पनि नमानेकोले मुद्दा हालेको फेसबुकले जनाएको छ । उक्त मुद्दाको फैसला फेसबुकको पक्षमा आएमा उक्त कम्पनी तथा ती व्यक्तिहरुले ठूलो रकम जरिवाना तिर्नुपर्नेछ ।
यसअघि फेसबुकले यही आरोपमा चीनका चार कम्पनी तथा तीन व्यक्ति विरुद्ध मुद्दा हालेको थियो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






