जापानमा विश्वविद्यालयका प्राध्यापकलाई धूमपान गर्न प्रतिबन्ध


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

जापानमा धूम्रपान गर्ने प्राध्यापकलाई विश्वविद्यालयमा भर्ना गर्न रोक लागेको छ । आउँदै गरेको २०२० ओलम्पिक्सका लागि जापानमा धूम्रपान विरोधी अभियान कार्यक्रमहरु चलेका कारण यस्तो रोक लगाइएको हो ।

विश्वविद्यालयले धूम्रपान गर्ने कुनै पनि शिक्षक कर्मचारीलाई भर्ना गर्न रोक लगाएको र पदभार सम्हाल्नुअघि यो बानि त्याग्ने आवेदकले भने जागिर पाउन सक्ने सम्भावना रहेको नागाशाकी युनिभर्सिटिका प्रवक्ता युसुके ताकाकुराले बताएका छन् । साथै युनिभर्सिसिटले पुरै क्याम्पस हाताभित्रै नै धूम्रपान निषेध गर्ने र धूम्रपान छोड्न नसक्नेका लागि क्लिनिक पनि खोलिने ताकाकुराले जानकारी दिए ।

शैक्षिक क्षेत्र धूम्रपान गर्नेहरुका लागि सहि स्थान नभएका कारण यस्तो नियम ल्याइएको बताइएको छ । टोकियोको सिटि सरकारले २०२० समर गेम्सअघि कडा खालको धूम्रपान विरोधी नियम पारित गरेपछि रोजगारीका लागि यस्तो शर्त राख्ने नागाशाकी नै पहिलो राज्य नियन्त्रित युनिभर्सिटि भएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् । जापानका अधिकांश रेष्टुराँ र बारहरुमा धूम्रपान गर्न अनुमति पाइने भएकाले यसलाई धूम्रपान गर्नेहरुको स्वर्ग कै रुपमा पनि लिने गरिन्थ्यो । नयाँ कानूनले भने राजधानीका जुनसुकै रेष्टुराँमा पनि धूम्रपानलाई मान्यता दिँदैन । रेष्टुराँले धूम्रपानका लागि छुट्टै स्थानको भने व्यवस्था गर्न सक्छ । त्यस्तै स्कूलमा पनि धूम्रपान पूर्णतयाः निषेध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com