न्युयोर्कमा ट्रेनको मासिक र साप्ताहिक पासमा शुल्कबृद्धि
प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

न्युयोर्कमा महानगरीय यातायात विभाग एमटीएले ट्रेनको मासिक र साप्ताहिक कार्ड किन्दा शुल्क बढाएको छ । आइतबारदेखि नयाँ शुल्क कार्यान्वयन गरिएको हो ।
एकपटक ट्रेन चढ्नका लागि २ डलर ७५ सेन्टस नै लाग्ने भएपनि साप्ताहिक र मासिक कार्डको शुल्क भने बढाइएको छ । गत फरबरी २७ मा शुल्क बढाउने निर्णय गरिएपनि आइतवारदेखि कार्यान्यवनमा आएको हो ।
अब साप्ताहिक कार्ड किन्दा ३३ डलर तिर्नुपर्नेछ । यस अगाडि साप्ताहिक कार्ड शुल्क ३० डलर रहेको थियो । त्यस्तै मासिक कार्ड किन्दा १२७ डलर तिर्नुपर्नेछ । यसअगाडि १२१ डलरमा मासिक कार्ड आउने गथ्र्यो ।
न्युयोर्कमा मार्च ३१ देखि टोल शुल्कपनि बढेको छ । ड्राइभरले इजीपासबाट ५ डलर ७६ सेन्ट टोल तिर्दै आएकोमा ४ प्रतिशत बढेर ६ डलर १२ सेन्सस पुगेको छ । त्यस्तै नगद टोल ८ डलर ५० सेन्टसबाट बढेर ९ डलर ५० सेन्टस पुगेको छ ।