अमेरिकामा आँधी, चार जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार

संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो ।

अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रुखले थिचेर मृत्यु भएको थियो ।

बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरुमा व्यापक क्षति गरेको थियो । मिसिसिपी राज्यमा आँधीबाट सर्वाधिक प्रभाव परेको थियो ।

एक लाखभन्दा बढी मानिसका घरमा विद्युत सेवा अबरुद्ध भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com