रुससँगको सम्बन्धबारेका अनुसन्धानकर्तालाई ट्रम्पले हटाउने प्रयास गरेको म्युलर प्रतिवेदनको खुलासा


प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुससँगको उनको आरोपित साठगाँठबारे अनुसन्धान गर्न नियुक्त गरिएका व्यक्तिलाई हटाउने प्रयास गरेको एउटा बहुप्रतीक्षित प्रतिवेदनले खुलासा गरेको छ। विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले तयार पारेको करिब ४४८ पृष्ठ लामो प्रतिवेदनले यस्तो खुलासा गरेको हो ।

ट्रम्पको कानुनी टोलीले प्रतिवेदनलाई “पूर्ण जित”को सङ्ज्ञा दिइसकेको छ।

अमेरिकी महान्यायाधिवक्ताले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी साठगाँठ भएको भन्नेबारे विशेष अनुसन्धानकर्ता म्युलरले त्यसमा कुनै अमेरिकी वा ट्रम्प अभियानका कोहीले पनि षड्यन्त्र गरेको वा मिलेमतो गरेको कुनै प्रमाण फेला नपारेको बताएका छन्। म्युलर प्रतिवेदन सार्वजनिक गर्नुअघि महान्यायाधिवक्ता विलियम बारले एउटा पत्रकार सम्मेलन गरेका थिए।

उनले भने, “विशेष अनुसन्धानकर्ताले रुसी साठगाँठमा ट्रम्पको चुनावी अभियानमा जोडिएका कसैसँग मिलेर अमेरिकी कानुन तोड्ने कुनै षड्यन्त्र भएको प्रमाण फेला पारेनन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बारले उक्त चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनका इमेल विकिलिक्स वेबसाइटमा प्रकाशन गर्नुमा ट्रम्प अभियानका कसैको पनि गैरकानुनी भूमिका भएको प्रमाण नभएको बताए।

ट्रम्पले राष्ट्रपति पदमा भएको आफ्नो जितलाई अवमूल्यन गर्न विपक्षीले षड्यन्त्र गरेको र त्यसै क्रममा यो अनुसन्धान थालिएको बताए पनि मामिला त्यस्तो नभएको बारले बताए।

पत्रकार सम्मेलनमा बोल्दै विलियम बारले ट्रम्पको चुनावी अभियान र रुसबीच कुनै साठगाँठ भएको नपाइएकोमा जोड दिए।

ट्रम्पकी प्रतिस्पर्धी हिलरी क्लिन्टन र विकिलिक्स वेबसाइटले सार्वजनिक गरेका गोप्य इमेलमा समेत त्यसको कुनै प्रमाण नपाइएको उनको भनाइ छ। उनले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय आफ्नै भएको बताए।

प्रतिवेदन अनुसार ट्रम्पले पनि अनुसन्धानको क्रममा बयान दिने क्रममा पनि आफू कुनै गोप्य भेटघाटहरूमा संलग्न भएको आफूलाई स्मरण नभएको बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com