४० मुसासहित नेपालको स्याटेलाइट बोकेर उड्यो यान, शुक्रबार विहान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुग्ने


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

न्युयोर्क समय अनुशार आज दिउसो ४ बजेर ४५ मिनेट जाँदा नेपालको आफ्नै पहिलो स्याटेलाइट स्थापनाका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको अन्तरिक्ष यान न्युयोर्क समय अनुशार शुक्रबार विहान साढे ५ बजे पुग्ने बताइएको छ । भर्जिनियाबाट प्रक्षेपण गरिएको उक्त अन्तरिक्ष यानले ७६ सय पाउण्ड सामाग्रीहरु बोकेर उडेको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका कर्मचारीहरुका लागि आवश्यक शोध, सप्लाइ र हार्डवेयर सामाग्रीहरु बोकेर यान त्यसतर्फ उडेको हो । यानले नेपाल, जापान र श्रृलंकाका स्याटेलाइटका लागि आवश्यक सामाग्रीहरु बोकेर उडेको छ ।

नेपाली स्याट वान नाम दिइएको नेपाली भूउपग्रहलाई एन्टोरस नामको अन्तरिक्ष यानमा रहेको सिग्नस कार्गो बिमानले बोकेको छ । सानै आकारको भए पनि नेपाली स्याटेलाइट प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले खुशी व्यक्त गरिरहेका छन्।

अन्तरिक्ष यानमा ४० वटा जीवित मुसाहरु पनि पठाइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका ६ जना कर्मचारीहरुले यो सबै सामान प्राप्त गर्नेछन् ।

मुसाहरु भने एन्टी टिटानस भ्याक्सिनको प्रभावकारिता परिक्षणका लागि पठाइएको हो । २० वटा मुसालई अन्तरिक्षमा भ्याक्सिन दिइनेछ भने अरु २० वटालाई दिइनेछैन । पृथ्वीमा आइसकेपछि ती मुसाहरुले भ्याक्सिनमा कस्तो प्रतिकृया जनाउनेछन् भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com