अष्ट्रेलियाको पोइन्ट सिस्टममा परिवर्तन


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

अष्ट्रेलियाको अद्यागमन विभागले यसै वर्षदेखि लागू हुने गरी सबक्लास ४९१ भिसा वा जनरल स्किल्ड माइग्रेसन अन्तर्गत ‘इक्सप्रेसन अफ इन्ट्रेष्ट’ आवेदन दिने अंक बढाएर ६५ बनाइएको छ । यो अंक पहिले ६० थियो ।

यो सबक्लास अन्तर्गत धेरै नेपाली विद्यार्थीहरूले पढाइ सकेपछि पिआरका लागि आवेदन दिने गर्दछन् । यसबाट उनीहरुलाई पिआर आवेदन दिनका लागि अझ कठिनाइ हुने देखिन्छ ।

त्यसैगरी सबक्लास ४९१ वा जनरल स्किल्ड माइग्रेसन अन्तर्गत पिआर आवेदन गर्दा दक्ष पार्टनर भएमा १० अंक, स्टेट, टेरिटोरी वा ग्रामीण इलाकामा बस्ने आफन्तले प्रायोजन गरेको आवेदकलाई १५ अंक, STEM योग्यता भएमा १० अंक, पिआर आवेदक अविवाहित वा एक्लो भएमा १० अंक तथा जोडी भएमा डिपेन्डेन्टले कम्पिटेन्ट अंग्रेजी दक्षता भएमा ५ अंक प्राप्त गर्न सक्नेछन् ।

यो अंक तालिकामा परिवर्तनले दक्ष पार्टनर भएमा वा एक्लै आवेदन हाल्नेहरूलाई फाइदा हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com