गोल्डेन वीकको विदाअघि अस्पतालको तालिका जाँच गर्न सरकारको आग्रह


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

जापानमा सुनौलो सप्ताह अर्थात गोल्डेन वीकको शुरुआत हुन लागेको छ । यसमा १० दिन सार्वजनिक विदा पर्ने भएकाले विदाको समयमा अस्पतालको विरामी जाँचसम्बन्धी तालिका पहिल्यै तय गर्न आमजनतालाई आग्रह गरेको छ । कुनै कुनै अस्पतालमा सेवा बन्द हुने भएकाले विदाको समयमा कुन अस्पताल वा क्लिनिक खुल्ला रहन्छन् भन्ने कुराबारे पहिल्यै थाहा पाइराखे राम्रो हुन्छ भन्दै सरकारले यस्तो आग्रह गरेको हो ।

मधुमेहलगायतका दिर्घ रोगीले विदाका लागि आफूलाई आवश्यक पर्ने औषधी पहिल्यै नै खरिद गर्न पनि सरकारले भनेको छ । गोल्डेन वीकको विदाको समयमा स्थानीय क्लिनिकहरुले पालै पालो विरामी जाँच गर्छन् र यो पटक पनि उनीहरुले यस्तै गर्ने बताइएको छ । अधिकांश सामान्य अस्पतालले अरुबेला जस्तै २४ सै घण्टा आकस्मिक सेवा दिने भएपनि अधिकांशले भने विदाको समयमा तीन दिन मात्रै सेवा दिन सक्ने अनुमान गरिएको छ ।

आकस्मिक सेवामा अस्पताल जान सक्ने र आवश्यक परे छुट्टीमा बसेका चिकित्सकलाई पनि झिकाइने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com