अष्ट्रेलियामा मे १८ मा आमनिर्वाचन घोषणा


प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले एक महिनापछि मे १८ मा आमनिर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री मरिसनले आज बिहान केन्द्रीय निर्वाचनको मिती घोषणा गर्नु भएको हो । उहाँले गर्भनर जनरल कसग्रोभ संग भेट गर्दै निर्वाचन मितिका बारेमा जानकारी गराउनुभएको भएको थियो । सामान्यतयाः आइतबार घोषणा गर्ने गरिएको निर्वाचन यसपटक प्रधानमन्त्री मरिसनले त्यो परिपाटीलाई परिवर्तन गर्दै बिहीबार नै घोषणा गर्नु भएको हो । विगत केही दिनदेखि नै विपक्षी दल लेबरले आफू निर्वाचन मिति घोषणा गरिए जुनसुकै समयमा निर्वाचनमा जान तयार रहेको बताइरहेको थियो ।

मे १८ मा हुने निर्वाचनले ४६ औं संसदका लागि सरकार र सांसदहरुको छनौट गर्नेछ । संघीय राज्य संरचना प्रणाली अन्तर्गत चल्दै आएको अष्ट्रेलियाको केन्द्रीय तल्लो सदनमा १ सय ५० सिटको लागि मतदान हुनेछ भने माथिल्लो सदन सिनेटका लागि ७६ जना चयन हुनेछन् ।

बहुमतको सरकार निर्माणका लागि प्रत्यक्ष तर्फको मतदानमा ७६ सिटको आवश्यकता पर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com