एक जोडी आँप ५ लाख येनमा लिलामी


प्रकाशित मिति : चैत्र २५, २०७५ सोमबार

मियाजाकी प्रिफेक्चरबाट ल्याइएका एक जोडी प्रिमियम आँपको मूल्य ५ लाख येन पुगेको छ । स्थानीय थोक बजारमा भएको पहिलो यो वर्षको पहिलो निलामीमा आँपको भाउ ५ लाख येनको कीर्तिमानी उचाइमा पुगेको हो ।

अघिल्लो वर्ष भने आँपको भाउ ४ लाख येन रहेको थियो । प्रिमियम आँपलाई ताइयोउ नो तामागो (सूर्यको अण्डा) भनिन्छ । यो नाम पाउन हरेक आँपको तौल ३ सय ५० ग्राम हुनुपर्छ । हरेकमा चिनिको मात्रा अधिक हुनुपर्छ र तीनिहरुको बाहिरी भाग आधाभन्दा बढी गाढा रातो रंग भएको हुनुपर्ने मियाजाकी कृषि आर्थिक फेडेरेशनले बताएको छ ।

फलको निलामी बिहान ७ बजेदेखि शुरु भएको थियो । ती आँप एक स्थानीय थोक कम्पनीले खरिद गरेको र ती आँपलाई फुकुओकास्थित डिपार्टमेण्ट स्टोरमा विक्री गरिने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com