अष्ट्रेलियामा पढ्ने भारतीय विद्यार्थीले असाइनमेन्टमा फेल भएपछि युनिभर्सिटीलाई मुद्दा हालिदिए


प्रकाशित मिति : चैत्र २२, २०७५ शुक्रबार

अष्ट्रेलियामा पढ्ने एक भारतीय विद्यार्थीले असाइनमेन्टमा फेल भएपछि युनिभर्सिटीलाई मुद्दा हालिदिए । मोनाश युनिभर्सिटीमा पत्रकारिता पढ्ने भारतीय विद्यार्थीले मोनाश युनिभर्सिटीले आफूलाई असाइनमेन्टमा फेल गराएको भन्दै मुद्दा दिएका हुन् ।

युनिभर्सिटीले स्थानिय मुद्दामा असाइनमेन्ट गर्ने भएको थियो । उनले dog breed मा असाइनमेन्ट गरे । पहिलो पटक फेल भएपछि उनले दोस्रो पटकको मौकाको लागि अनुरोध गरे । युनिभर्सिटीले उनलाई मौका पनि दियो । तर दोस्रो पटक पनि उनी फेल भए ।

त्यसपछि ती विद्यार्थीले युनिभर्सिटीले आफूलाई फेल गराएको भन्दै सुप्रिम कोर्टमा पुगे । तर न्यायाधिशले फेल हुनु भनेको अन्त्य हुनु नभएको र अझै प्रयास गर्न सल्लाह दिंदै उनको केस नै बन्द गरिदिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com