यस्तो छ जापानी नयाँ युगको अर्थ


प्रकाशित मिति : चैत्र २२, २०७५ शुक्रबार

जापानको नयाँ शाही युगको नाम ‘रेइवा’ राखिएको छ । नयाँ सम्राट परिवर्तन भएसंगै सम्राटको कार्यकाललाई एउटा नाम दिने जापानी चलनअनुसार आगामी मे देखि राज्यरोहण गर्न लागेका हालका युवराज नारुहितोको राज्यकालको नाम रेइवा तय भएको र जापानी इतिहासको नयाँ युगलाइ रेइवा भनिने केही दिनअघि प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगाले घोषणा गरेका थिए । अंग्रेजीमा अनुवाद गर्दा यसको अर्थ ‘Beautiful Harmony’ हुने जापानका सरकारी अधिकारीले बताएका छन् ।

मंगलवार सिन्जो आवेले एक पत्रकार सम्मेलनमा रेइ ले अनुशासन वा मंगल जनाउने र वा ले शान्ति र एकता जनाउने बताएका थिए ।

यसले विदेशी सञ्चार माध्यममा निकै अन्योलको अवस्था सृजना गरेको छ । वास्तवमा रेइ को अर्थ आदेश वा निर्देशन पनि हुने भएकोले पनि यस्तो अन्योल भएको हो । यो नाम ८ औं शताब्दीको जापानी कविता म्यानयोशुबाट लिइएको हो । सो कविताले जापानी समाजका सबै सदस्यबीचको एकतालाई बुझाउँछ ।

जापानको क्रिस्यान्थेमम राजगद्धीको यो २ सय ४८ औं युग हो । जापानमा आधिकारीक दस्तावेज, जन्मदिन र सिक्का पश्चिमी क्यालेण्डर अनुसार नभई जापानी युग अनुसार हुने भएकाले शाही युगको नामले सांस्कृतिक महत्व राख्छ । त्यसैले नाम छनोट गर्ने प्रकृया धेरै नै कष्टदायि हुन्छ । शैक्षिक, पत्रकार, व्यावसायि र अन्य क्षेत्रका विज्ञहरुले यसका लागि निकै कसरत गर्छन् ।

तल्लो र माथिल्लो सदनका अध्यक्ष र उपाध्यक्षका विचार सुनेपछि क्याबिनेट सदस्यले अन्तिम निर्णय गरेका हुन् । सम्राट अकिहितोले राजगद्धी त्यागेपछि आगामी मे १ मा उनका उत्तरदायि नारुहितोले राजगद्धी सम्हाल्नेछन् । यसैकारण पनि नयाँ युगको नाम छनौट निकै महत्वपूर्ण छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com