गाडी चलिरहेको समयमा गाडीको झ्याल-ढोका बाहिरबाट हात निकाल्नु, टाउको निकाल्नु जस्ता क्रियाकलाप खतरनाक हुन्छन् । गाडी चलिरहेको समयमा त्यसो गर्दा हात नै काटिने, टाउको काटिने सम्मको अवस्था समेत आउन सक्छ ।
यो खतरालाई ध्यानमा राखेर अष्ट्रेलियन सरकारले गाडीको झ्यालबाट शरीरको भाग बाहिर ल्याउने कारलाई रोक्न कडा नियम बनाएको छ । उक्त नियम अनुसार, हात अथवा टाउको गाडीको झ्याल-ढोका बाहिर ल्याउनेलाई न्यु साउथ व्ह्लेसमा ३ सय ३७ डलर जरिवाना हुन्छ । त्यस्तै क्विन्सल्याण्डमा २ सय ९८, भिक्टोरियामा १ सय ४१, साउथ अष्ट्रेलियामा २ सय ४४, वेस्ट अष्ट्रेलियामा ५० डलर जरिवाना लाग्छ ।
यो जरिवानासंगै तीन पोइन्ट समेत काटिन्छ । यो कानुन ड्राइभर र यात्रु दुवैको लागि लागु छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।