मानवरहित रात्रिकालिन सेवाको परिक्षण गर्दै लसन


प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार

जापानको प्रमुख कन्भिनियन्स स्टोर चेन लसन इङ्कले रात्रिकालिन ड्युटीलाई मानवरहित सञ्चालनको परिक्षण गर्ने भएको छ । श्रमिकको चरम अभाव हुन थालेपछी स्टोरले यस्तो परिक्षणको तयारी गरेको हो । गर्मी महिनादेखि शुरु हुने यो परिक्षणमा कम्पनीका दुईओटा स्टोरामा मध्यरातदेखि बिहानको ५ बजेसम्म सेल्फ सर्भिस पसलका रुपमा सञ्चालन हुनेछन् ।

ग्राहकहरुले स्मार्टफोन एपको माध्यमबाट ढाोका खोल्न सक्ने र सेल्फ चेकआउट मेशिन वा आफ्नो स्र्माटफोनसँग उत्पादनको बारकोड् स्क्यान गरेर सामानको खरिद गर्न सक्ने बताइएको छ । सिष्टमका आएको केही गडबडीलाई ठीक गर्न शुरुका समयममा एक कर्मचारी उपलब्ध रहेपनि विस्तारै विस्तारै स्टोर कर्मचारीविहिनका रुपमा सञ्चालन हुनेछ । ती दुई स्टोरमा सेक्युरिटि क्यामराको संख्या पनि बढाइने र कर्मचारी उपलब्ध नरहेको समयमा मदिरा, चुरोट, पोष्टेज स्ट्याम्पजस्ता वस्तुको विक्री नगरिने कम्पनीले बताएको छ । ती दुई स्टोर कुन कुन हुनेछन् भन्ने कुरा भने ठेगान भइनसकेको बताइएको छ ।

बढ्दो वृद्ध जनसंख्या र जन्मदरमा आएको कमीका कारण जापानमा श्रमिक अभाव बढीरहेको छ र यसले जापानी सामाजिक पूर्वाधारको महत्वपूर्ण हिस्साका रुपमा रहेको कन्भिनियन्स स्टोरलाई पनि प्रभावित पारेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com