श्रीमानको पासपोर्टलाई डायरी बनाएपछि


प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार

एक महिलाले श्रीमानको पासपोर्टलाई डायरी बनाएपछि सामाजिक संजालमा उक्त पासपोर्टको फोटो भाइरल भएको छ । दक्षिण भारत केरलाकी महिलाले श्रीमानको पासपोर्टलाई डायरी बनाएको कुरा फोटो सहित आफैले सामाजिक संजालमा पोस्ट गरेकी थिइन् ।

ती महिलाले म्याद सकिएको पासपोर्टलाई डायरी बनाएकी हुन् । उक्त डायरीमा उनले फोन नम्बरहरु राख्ने, महत्वपूर्ण कुराहरु टिपोट गर्ने र हिसाब किताब गर्ने गरेकी छिन् ।

पासपोर्ट सुरक्षित, राख्न सजिलो र पर्समा राखेर हिड्न समेत सजिलो भएकोले म्याद सकिएको पासपोर्ट डायरीको लागि उपयुक्त हुने उनको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com