युरोपेली संघबाट बाहिरिने बेलायती प्रधानमन्त्रीकोे प्रस्ताव संसदबाट अस्वीकृत


प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

बेलायती संसदले युरोपेली युनियन ईयूबाट बेलायत बाहिरिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

बेलायती प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव बेलायती संसदले तेस्रो पटक पनि अस्वीकृत गरेको हो । संसदमा भएको मतदानमा बेलायत ईयूबाट बाहिरिने प्रस्तावका पक्षमा २ सय ८६ मत आउँदा विपक्षमा ३ सय ४४ मत परेको थियो ।

प्रधानमन्त्री मेको प्रस्ताव ५८ मतले अस्वीकृत भएपछि ब्रेक्जिटसम्बन्धी अन्योल थप बढेको छ । यसअघि युरोपेली संघले सम्झौता पास भएको अवस्थामा मे २२ सम्म र पास नभए अप्रिल १२ सम्म मात्रै ब्रेक्जिटको मिति लम्ब्याउन सहमति दिएको थियो ।

तेस्रोपटक पनि प्रधानमन्त्रीकोे प्रस्ताव अस्वीकृत भएपछि पदबाट राजीनामा दिन दबाब बढेको त्यहाका सरकारी संचार माध्यमहरुले जनाएका छन् । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेले तत्काल राजीनामा दिनुपर्ने र ताजा चुनाव हुनुपर्ने माग गर्दै आएका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com