अष्ट्रेलियामा नक्कली माईगभ इमेलको आतंक,सचेत रहन सर्वसाधारणलाई अपिल


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

अष्ट्रेलिया सरकारले इमेल मार्फत ठगी धन्दा चलाइरहेको गिरोहबाट सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

अष्ट्रेलियाको ट्याक्स अफिस एटीओले हरेक व्यक्तिको महत्वपूर्ण जानकारी समेटिएको सरकारी अभिलेख प्रणाली अर्थात् माईगभकै जस्तो देखिनेगरी विभिन्न ईमेलहरुमार्फत ठगी भइरहेको प्रति सचेत रहन सबै सर्वसाधारणलाई आग्रह गरेको छ ।

कर फिर्ताका लागि भन्दै फर्म भर्न लगाउने र यसैमार्फत कुनैपनि व्यक्तिको निजी सुचनाहरु चोरी गर्ने गिरोह सक्रिय रहेको पनि उसले सचेत गराएको छ । एटीओले यस्तो ईमेललाई नखोल्न चेतावनी दिएको छ । माईगभ लोगो अनधिकृत रुपमा प्रयोग गर्दै सर्वसाधारणको सम्पत्ति लुट्ने यी अपराधीहरुको उद्देश्य रहेको उसले जनाएको छ । यस्तो ईमेललाई पहिचान गर्न सजिलो रहेको भन्दै ठगीबाट जोगिन एटीओले अपिल गरेको हो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

दिइएको लिंकमा क्लीक गरेको अवस्थामा यसले माई.गभ.एयू मा लैजाँदैन । यस्तै ईमेल पठाइएका व्यक्तिको नाम पनि यसमा सम्बोधन गरिएको हुन्न । सबैलाई एकै खालको ईमेल यसले पठाएको हुन्छ । झुक्किएर एटीओको फर्म भन्दै त्यसलाई भर्न थालेमा यसले महत्वपूर्ण व्यक्तिगत जानकारी चोरी गर्ने र त्यसलाई दुरुपयोग गर्ने खतरा कायम रहन्छ । अष्ट्रेलियामा ट्याक्स रिटर्न गर्ने समय १ जुलाईदेखि ३१ अक्टोबरसम्म हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com