५० बर्ष अगाडि डिभोर्स गरेका पतिलाई डेढलाख डलर जरिवाना


प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

अमेरिकाको सान डिएगोमा ५० बर्ष अगाडि डिभोर्स गरेका पतिले पत्नीलाई बच्चाबच्चीको हेरचाहका लागि डेढलाख डलर तिर्नुपर्ने भएको छ । हाल ७४ बर्षको उमेर भइसकेकी टोनी एण्डरसन र डोन लेनहर्टबीच सन् १९६६ मा विवाह भएको थियो ।

विवाहको साढे २ बर्षपछि उनीहरु छुट्एिका थिए भने सन् १९७० को मध्यमा डिभोर्स भएको थियो । त्यतीबेला उनीहरुकी ३ बर्षकी छोरी लेन थिइन् ।

छोरी हुर्काउनका लागि पतिले साढे २ बर्षसम्म हरेक महिना २१० डलर पत्नीलाई दिनुपर्ने फैसला गरेको थियो । त्यसपछि छोरी १८ बर्ष नपुग्दासम्म हरेक महिना १६० डलर तिर्नुपर्ने व्यवस्था गरिएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

तर लेनहर्टले त्यो रकम कहिले पनि तिरेनन् । यो अवधिमा मुल रकम ३० हजार र १० प्रतिशत ब्याज सहित लेनहर्टले तिर्नुपर्ने रकम डेढलाख पुगेको छ ।

लेनहर्ट दिएको पहिलो चेक बाउन्स भएको थियो भने त्यसपछि उनी केटी साथीलाई लिएर क्यानडा बेपत्ता भएका थिए । गत बर्ष एण्डरसनले आफ्नो पूर्वपतिको बारेमा गुगलमा पत्ता लगाइन् । त्यसपछि उनले गत महिना अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

मुद्दा दायर गरेपछि उनका पूर्वपतिले डेढलाख डलर तिर्न मञ्जुरी जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com