सैयौं विद्यार्थी सम्पर्कविहिन बनेको विश्वविद्यालयमा सरकारी निरिक्षण


प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

जापानको टोकियो युनिभर्सिटि अफ सोसियल वेलफेयरको क्याम्पसबाट २०१६ साल यता १४ सय विदेशी विद्यार्थी सम्पर्कविहिन भएपछि सरकारले क्याम्पसको मंगलबार क्याम्पसमै गएरै निरिक्षण गरेको छ ।

गत हप्ता सात सय जना विद्यार्थीहरु ग्राजुयसन हुने समयसम्म क्याम्पसको सम्पर्कमा नरहेको समाचार प्रकाशन भएको थियो । यसरी सम्पर्कविहिन हुनेहरुमा भियतनाम, म्यानमार र नेपालका विद्यार्थीहरु रहेको बताइएको थियो ।

शैक्षिक वर्ष सन् २०१६ देखि झण्डै १४ सय विदेशी विद्यार्थी सम्पर्कविहिन बनेका छन् । जापानको शिक्षा मन्त्रालय र टोकियो क्षेत्रिय अध्यागमन विभागले विश्वविद्यालयले विदेशी विद्यार्थीको भर्नासम्बन्धी कार्यक्रम के कसरी चलाउँछ र यदि केही समस्या पाइएमा उसलाई दिइएको सरकारी सहूलियत दिने कि कटौती गर्ने भन्ने कुराको टुङ्गो पनि लगाइएको अधिकारीहरुले बताएका छन् ।

जापानका संचारमाध्यमहरुमा प्रकाशित समाचारअनुसार गत वर्षको मे १ सम्ममा यस विश्वविद्यालयमा ५ हजार १ सय ३३ जना विदेशी विद्यार्थी भर्ना भएका थिए । यो वासेदा युनिभर्सिटिपछि सबैभन्दा धेरै विदेशी विद्यार्थी भर्ना गर्ने दोस्रो ठूलो विश्वविद्यालय हो । वाशेदा युनिभर्सिटिमा गत वर्ष ५ हजार ४ सय १२ जना विदेशी विद्यार्थी भर्ना भएको जापानको विद्यार्थी सेवा संगठनले जानकारी दिएको छ । हराइरहेका १४ सय जना विदेशी विद्यार्थीमध्ये अधिकांशले आफ्नो भर्ना रद्ध गरेको शिक्षा मन्त्रालयले बताएको छ ।

‘हामीले विदेशी विद्यार्थीको भर्नासम्बन्धी कार्य सहि ढङ्गले भए/नभएको जाँच गर्ने र हाम्रो परिणामका आधारमा सुधारका कदम चाल्न निर्देशन दिइने छ,’ शिक्षा मन्त्री मासाहिको सिबायामाले बताए ।

विश्वविद्यालयले भने ति सबै विद्यार्थीहरु जापानी भाषा स्कुलबाट आएको र नियमित विद्यार्थीका रुपमा नभई सोधकर्ता विद्यार्थीहरुका रुपमा भर्ना लिइएको हो र उनीहरुको भाषागत योग्यता कम थियो ।

न्याय मन्त्रालयले दिएको जानकारी अनुसार सन् २०१७ मा सो विश्वविद्यालय छाडेर ओभरस्टे बसेका दर्जनौं विद्यार्थीहरु छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com