दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित


प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।

सन् २०१८ को डिसेम्बर २८ बाट स न् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित भएको सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइेको छ ।

गत वर्ष युक्रेनभर ३५ हजार १२० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए । सन् २०१७ मा भने ४ हजार ७८२ व्यक्ति मात्र यो रोगबाट प्रभावित भएका थिए । विश्वमा नै दादुराबाट प्रभावित व्यक्तिको सङ्ख्या द्रूत रुपमा बढेको बाल विकास कोष (युनिसेफ) ले जानकारी दिएको छ ।

सन् २०१७ बाट हालसम्म युक्रेनमा दादुराबाट करिब ३५ व्यक्तिको मृत्यु भएको बताइेको छ । यस रोगको संक्रमणबाट बच्न सकिने उपायहरुको अवलम्बन यथेष्ट मात्रामा गर्न नसकिएकोले दादुराको संक्रमण फैलिने दर बढ्दै गएको स्वास्थ्य अधिकारीहरुको दाबी छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com