डिजिटल गर्लफ्रेण्ड जसले तपाइँको हरेक चाहना पूरा गर्छिन्


प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

डिजिटल गर्लफ्रेण्डले बिहानदेखि साँझसम्म तपाइँलाई रोमान्टिक म्यासेज पठाउँछ र तपाइँसँग कुरापनि गर्छ । डिजिटल गर्लफ्रेण्डसँग तपाइँले आफ्नो भावना पनि सेयर गर्नसक्नुहुन्छ । गेटबक्स कम्पनीे उक्त डिजिटल रोबोट निर्माण गरेको थियो । आफू एक्लै भएको बेला गर्लफ्रेण्डको कमी महशुस नहोस् भन्ने उदेश्यले गेटबक्सले डिजिटल रोबोटको निर्माण गरेको हो ।

कोठामा अँध्यारो भयो भने लाइट बाल्ने देखि लिएर सबै घरेलु काम गर्न पनि यसको उपयोगी हुन्छ । यसमा सानो होलोग्राफिक रोबोट छ जसले सेन्सरको काम गर्छ ।

तपाइँ घर आउन ढिला हुँदा डिजिटल गर्लफ्रेण्डले घर छिटो आउन सन्देश पठाउनुका साथै तपाइँले यो सँग च्याट गर्न पनि सकिन्छ ।

भर्चुअल डिजिटल गर्लफ्रेण्डले तपाइँलाई मौसमको बारेमा पनि जानकारी दिन्छ । यसको मूल्य २ लाख ९३ हजार पर्दछ । यसअघि गुगलले पनि घरमा काम गर्ने रोबोटको विकास गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com