गुँडिरहेको बसमा एकाएक आगलागी २६ यात्रु को मृत्यु


प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार

चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी हुन पुगेको थियो । पर्यटक सवार बसमा दुई चालक र एक दुर गाइडसहित बसमा ५६ जना थिए ।घाइतेमध्ये पाँचको अवस्था चिन्ताजनक रहको छ ।

उनीहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ प्रहरीले गाडिका दुई चालकलाई हिरासतमा लिएर आगलागी हुनुको कारणबारे अनुसन्धान गरिहेको छ ।चीनमा अधिकाशं चालकहरु ट्राफिक नियमलाई वेवास्ता गर्ने गर्छन् । यसले गर्दा त्यहाँ विभिन्न समयमा गम्भीर खालका यातायात दुरघटना हुने गर्छन् । प्राप्त पछिल्लो रेकर्ड अनुसार सन् २०१५ मा चीनभरी ५८ हजार मानिसहरु सडक दुरघटनामा मारिएका थिए । यातायातसम्बन्धी भएका ९०% मृत्यु ट्राफिक नियम उलघंनका कारण भएको एक वरिष्ठ यातायात अधिकारीले जानकारी दिए । अघिल्लो नोभेम्बरमा चोङकिङ नगरपालिकामा एक बस पुलबाट
खस्दा १३ जनाको मृत्यु भएको थियो । बसमा जडान गरेको सिसिटिभी फुटेजमा दुर्घटना हुनु ठीक अघि ड्राइभर र एक यात्रु मुक्कामुक्की

गरेको देखिएको थियो । आफूले भनेको ठाँउमा नरोकिदिएको भनेर यात्रुले चालकलाई मुक्का हानेपछि चालकले स्टेरिङ छाडेर यात्रुतर्फ फर्केर मुक्का फर्केको र लगतै गाडी पुलको साइडबारमा ठोकिएको देखिन्छ ।त्यस्तै फेब्रअरीमा सांघाईमा ग्यास सिलिण्डर र पेट्रोलको बोटल लिएर हिँडेको एक भ्यानमा आगो लाग्दा कार छेउमा हिडिरहेका पैदलयात्रुहरु तर्फ जोत्तिएको थियो ।

दुर्घटनामा १८ जना घाइते भएका थिए बुटवल–शनिवार विहान दाङ्गको तुल्सीपुर उप–महानगर–२ को नन्दगाउँस्थित जिपको ठक्करबाट एक जना मोटरसाईकल चालकको ज्यान गएको छ ।तुल्सीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ च ३४६ नम्वरको पिकपअप जिपले विपरित दिशा तर्फबाट आउँदै गरेको बा ९७ प ५८६२ नम्वरको मोटरसाईललाई ठक्कर दिदा त्यसका चालक दंगीशरण गाउँपालिका–६ थापागाउँका १८ बर्षिय गोरख चौथरीको ज्यान गएको हो ।उनको घटना स्थल मै ज्यान गएको र जिप नियन्त्रणमा लिईए पनि नाम नखुलेका चालक फरार रहेकोले खोजी कार्य तिब्र पारिएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी बिनोद विक्रमभ शाहले जानकारी दिए । मृतको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको शाहले बताए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com