गुगलमाथि तेस्रो पटक जरिवाना, साढे १ अर्ब युरो तिर्नु पर्ने


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ ।

यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो ।

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विज्ञापनबाट अर्बौँ डलर आय गरिरहेको छ र सन् २०१८ मा विज्ञापनमा यसको कर तिर्नुपूर्वको मुनाफा ३० अर्ब ७० करोड डलर पुगेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com