सारा अली खान र कार्तिक आर्यनको प्रेमले बलिबुड ताते संगै बने ट्रोलरको शिकार


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

अहिले सामाजिक सञ्जालमा सारा अली खान र कार्तिक आर्यन चर्चामा छन् । उनीहरू दिल्लीको गल्लीमा खुलेआम प्रेम गरिरहेको देखिएपछि चर्चामा आएका हुन् । उनीहरूको प्रेमले अहिले बलिउड तातेको छ ।

यहीबीच उनीहरूको एक भिडियो भाइरल पनि भैरहेको छ । भिडियोमा सारा कार्तिकको बाइकपछाडि बसेर हुइँकिरहेकी छिन् । साथै, सारा ट्रोलको सिकार पनि बनेकी छिन् ।

कार्तिक र सारा आफ्नो आउन लागेको फिल्म ‘लभ आजकल २’ को सुटिङ गरिरहेका छन् । फिल्मको सुटिङ दिल्ली–गुरुग्राममा भैरहेको छ ।

सुटिङपछि उनीहरू बाइकमा यात्रा गरेका हुन् । सो भिडियोको ट्रोल पनि बनिसकेको छ । बाइक चलाइरहेका कार्तिकले हेलमेट लगाएका छन् । साराले भने हेलमेट लगाएकी छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यही कारण उनीहरू ट्रोल बनेका हुन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गरेका छन्, ‘बाइकमा बसेकी साराको हेलमेट कहाँ छ ?’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com