अष्ट्रेलियाको मेलबर्नमा स्कुलबाट घर फर्किंदै गरेकी बालिका माथि यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राऊ


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

अष्ट्रेलियाको मेलबर्नमा स्कुलबाट घर फर्किंदै गरेकी बालिका माथि यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत फेब्रुअरी २१ मा मेलबर्न ट्रेन स्टेसनमा १२ वर्षिया बालिका माथि यौन दुर्व्यवहार भएको थियो । स्कुलबाट घर फर्किंदै गरेकी उनलाई एक ३४ वर्षीय व्यक्तिले यौन दुर्व्यवहार गरेका थिए । स्टेसन स्टाफले घटना देखेपछि ती व्यक्ति भागेका थिए ।

प्रहरीले उनको खोजी तिव्र पारेको थियो । अहिले उनले आफैले प्रहरीको सामु आत्मसमर्पण गरेका छिन् । उनी विरुद्ध मेलबर्न अदालतमा मुद्दा दायर भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com