अष्ट्रेलिया बन्न सक्छ तपाईंको उत्कृष्ट शैक्षिक गन्तव्य, यस्ता छन् कारण


प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

अष्ट्रेलिया बस्नकालागि मात्र होइन शिक्षा समेत राम्रो भएको देशमा गनिन्छ । यस्ता धेरै कारणले नेपाल लगायतका देशबाट अष्ट्रेलिया अध्ययनकालागि आउन चाहने विद्यार्थीको संख्या धेरै छ । विदेशी विद्यार्थीहरुको अष्ट्रेलियाप्रतिको आकर्षणले यहाँ वल्र्ड क्लास एजुकेसन उपलब्ध रहेको मान्न सकिन्छ । अष्ट्रेलियन एजुकेसन सिस्टमले साइन्टिस्ट,डिजाइनर,इन्टरप्रेनर्स,आर्टिस्ट एण्ड हुमानिटेरियन उत्पादन गरिरहेको छ । जसले विश्वमा परिवर्तन ल्याउनुको साथै ओस्कारदेखि नोबल पुरस्कारसम्म जितेका छन् । अष्ट्रेलियाका मात्र नभई अरु देशबाट गएर अध्ययन गरेर अध्धयन गर्दै काम गर्नेहरको संख्या पनि अष्ट्रेलियामा धेरै छ । अष्ट्रेलियाको सरकारी अनलाइन स्टडी इन अष्ट्रेलियाले यहाँको शिक्षा विश्वस्तरीय मानिनुका केही कारणहरु उल्लेख गरेको छ । जुन यसप्रकार छन् :

विश्वव्यापी पहिचान :

अष्ट्रेलियामा अध्ययन गरेपछि यहाँको शैक्षिक योग्यता विश्वभरि नै प्रतिष्ठित र स्वीकार्य हुन्छ । अष्ट्रेलियन क्वालिफिकेसन फ्रेमवर्कले संसारको जुनसुकै देशमा आफ्नो पहिचानकालागि जान पनि विद्यार्थीलाई अनुमति दिन्छ ।

गुणस्तर सुनिश्चितता

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियामा अध्ययन गर्नेका लागि गुणस्तरको सुनिश्चितता रहेको अष्ट्रेलियाको शिक्षा सम्बन्धी सरकारको आधिकारिक वेबसाइटमा समेत उल्लेख छ । त्यसका अनुसार अष्ट्रेलियाले २० वर्षदेखि अन्तराष्ट्रिय विद्यार्थीलाई उनीहरुले आशा गरेजस्तै उच्चस्तरको गुणस्तर प्रदान गर्न सफल हुँदै आएको छ । गुणस्तर कायम गर्नका लागि विभिन्न तह र कार्यक्रम अनुसार निकाय तथा कानूनहरु सक्रिय रहेका छन् । विदेशी विद्यार्थीका लागि कानूनी प्रारुप एजुकेसन सर्भिस फर ओभरसिज एजुकेसन एक्ट सक्रिय रहेको छ । त्यसैगरी कुनै संस्थाले अफर गरेको कोर्स पूरा गर्न नसकेका वैकल्पिक कोर्स तथा सिफण्डका लागि ट्युसन प्रोटेक्सन सर्भिस रहेको छ । त्यसैगरी अष्ट्रेलियाको उच्च शिक्षा क्षेत्रको गुणस्तरको सुनिश्चितताका लागि टेर्टरी एजुकेसन क्वालिटी ऐड स्टान्टार्ड एजेन्सी रहेको छ । यसरी गुणस्तर कायम गर्नकालागि यस्ता कानून तथा निकाय संलग्न भएका छन् ।

बढ्दो अन्तराष्ट्रिय विद्यार्थी

अष्ट्रेलियन सरकारले शिक्षाका उच्च निकाय,राज्यस्तरका शिक्षाका विभाग लगायतसँग समन्वय गरेर गरेको अध्ययनमा अधिकांश विद्यार्थी बसाइ र अनुभवसँग सन्तुष्ट रहेको पाइएको थियो । जस अनुसार अनुसन्धानमा सहभागी भउका ८७ प्रतिशत अन्तराष्ट्रिय विद्यार्थीहरु समग्र अनुभवमा सन्तुष्ट तथा धेरै सन्तुष्ट रहेको पाइएको छ । ८६ प्रतिशत सहभागी अध्ययन अनुभवमा सन्तुष्ट तथा धेरै सन्तुष्ट रहेका छन् । त्यसैगरी ८८ प्रतिशत सहभागी अष्ट्रेलियाको बसाइमा सन्तुष्ट र धेरै सन्तुष्ट रहेको पाइएको छ । यो सन् २०१२ मा अष्ट्रेलियन सरकारले गरेको सर्वेक्षण अध्ययनको नतिजा हो ।

सिक्ने वातावरण

अष्ट्रेलियामा अध्ययन गर्न चाहनेका लागि सिक्ने वातावरण राम्रो रहेको छ । अष्ट्रेलिया र विदेशी विद्यार्थीसँग तथा आफ्नै देशका विद्यार्थीलाई साथी बनाउने सुनदर अवसर पनि प्राप्त गर्न सकिन्छ । अष्ट्रेलियाका शैक्षिक संस्थामा संलग्न भएपछि नजिकिएर क्लासमेट्स,रिसर्चर,इन्स्ट्रक्टर,एण्ड अरु फ्याकल्टीसँग नजिकिएसँगै काम गर्न सक्छ । समन्वय विद्यार्थीको सफलताको मूख्य पाटो रहेको छ । टिमवर्क,सेयर गरेर हुने सिकाइ र उद्योग केन्द्रीतको समन्वयले विद्यार्थीको आगामी अध्ययन र करियरलाई राम्रो ढाँचा उपलब्ध गराउँछ ।

अष्ट्रेलिया : एउटा रिसर्च इन्टेन्सिभ देश

विश्वस्तरको रिसर्च र विकासमा अष्ट्रेलियको लामो र गर्व लायक परम्परा रहेको छ,जसका कारण संसारका दशौं लाख लाभन्वित भएका छन् । रिसर्चका लागि मिलियन अष्ट्रेलियन डलर लगानी गर्ने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com