अन्तर्राष्ट्रिय अपराध अदालतका कर्मचारीमाथि अमेरिकी भिसा प्रतिबन्ध


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले अन्तर्राष्ट्रिय अपराध अदालतका कर्मचारीलाई भिसा नदिने घोषणा गरेका छन् । अमेरिकी सेनाले अफगानिस्तानमा युद्धअपराध र मानवताबिरुद्धको अपराध गरेको हुनसक्ने भन्दै अन्तर्राष्ट्रिय अपराध अदालतका तर्फबाट सम्भावित अनुसन्धान हुनसक्ने चर्चा भइरहदा अमेरिकाले यस्तो कदम चालेको हो ।

पम्पिओले शुक्रबार विदेशमन्त्रालयमा बोल्दै अन्तर्राष्ट्रिय अपराध अदालतका व्यक्तिहरु जसले त्यस्तो खालको कदम लिएका छन् वा त्यस्तो अनुसन्धानको आग्रह गरेका छन् उनीहरुलाई भिसा प्रतिबन्ध लगाइने बताएका हुन् । उनले भिसा प्रतिबन्धको नीति लागु भइसकेको बताएपनि कसकसले यस्तो पतिबन्ध सामना गर्ने भन्नेबारे केही बताएनन् ।

अन्तर्राष्ट्रिय अपराध अदालतले आफ्ना गतिविधि परिवर्तन नगरे आर्थिक नाकाबन्दी लगाउने समेत पम्पिओले चेतावनी दिएका छन् । तर अन्तर्राष्ट्रिय अपराध अदालतले भने आफूहरु गैरराजनीतिक स्वतन्त्र निकाय भएको र स्वतन्त्ररुपमा अनुसन्धान जारी राख्ने बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१७ को नोभेम्बरमा अन्तर्राष्ट्रिय अपराध अदालतका अभियोजनकर्ता फाटोउ बेन्साउडाले अफगानिस्तानमा भएको सम्भावित युद्ध अपराधका सन्दर्भमा अनुसन्धान खोल्ने अनुमतिको निगरानी गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com