न्युजिल्याण्ड गोलीकाण्ड : अष्ट्रेलियाका युवाले घटना गराएको आशंका


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा दर्जनौंको ज्यान गएको छ । स्थानिय संचारमाध्यमहरुका अनुसार, उक्त घटनामा परि अहिलेसम्म कम्तीमा ४० जना व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार दिउँसो १ बजेर ४० मिनेट जाँदा मस्जिदमा आक्रमण भएको हो । प्रार्थनाको समय भएकाले मस्जिदमा धेरै मानिसहरु उपस्थित थिए ।

उक्त घटना अष्ट्रेलियाका एक युवाले गराएको आशंका गरिएको छ । अष्ट्रेलियाका ती युवाको नाम ट्वीटरमा ब्रेनटन ट्यारेन्ट रहेको छ । उनले ७४ पेज लामो विज्ञप्ति सार्वजनिक गरेका छन् । म्यासेज बोर्ड वेबसाइटमा उक्त विज्ञप्ति सार्वजनिक गर्दै उनले घटना आफूले गराएको बताएका छन् । उनले युरोपमा अरु ठाउँबाट आएका व्यक्तिहरुले आक्रमण गरेको बदला लिंदै आफ्नो मातृभूमिमा अन्यत्रबाट आएका व्यक्तिहरुको हक छैन भन्ने चेतावनी स्वरुप घटना गराएको बताएका छन् ।

ती अष्ट्रेलियन युवाले आफू अष्ट्रेलियामा जन्मिएको र हाल उमेर २८ वर्ष भएको बताउंदै आफ्नो परिवार निम्न स्तरको आयस्रोत भएको परिवार रहेको उल्लेख गरेका छन् ।

घटनाको फेसबुकबाट आक्रमणकारीले लाइभ गरेका थिए । उक्त फेबुक लाइभ ती अष्ट्रेलियन युवाले नै गरेको हुनसक्ने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com