न्यूजिल्याण्डको दुई वटा मस्जिदमा गोलाबारी, ३० जना भन्दा बढीको मृत्यु


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा कम्तीमा ३० जनाको ज्यान गएको छ । न्युजिल्याण्ड हेराल्डका अनुसार गोलीबारीमा कम्तिमा ३० जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते छन् ।

घटनामा संलग्नको आशंकामा तीन पुरुष र एक महिला पक्राउ परेका छन् ।

स्थानीय समय अनुसार शुक्रबार दिउँसो १ बजेर ४० मिनेट जाँदा मस्जिदमा आक्रमण भएको हो । घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घटना अत्यन्त दुखदायी भएको बताएकी छिन् । उनले गोलाबारीमा संलग्न व्यक्ति शरणार्थी वा आप्रवासी हुन सक्ने बताइन् । उनले आजको दिन न्यूजिल्याण्डका लागि कालो दिन भएको बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com