बुधबार दिउसो फेसबुक र इन्स्टाग्राम बन्द


प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार

बुधबार कैयन प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम एकाउन्टहरु बन्द भएका छन् । कतिपय प्रयोगकर्ताले एकाउन्ट लगइन नै गर्न सकेनन् भने कतिपयले फेसबुकमा स्टाटस, फोटो वा समाचारहरु शेयर गर्न पाएनन् ।

फेसबुकले प्रयोगकताले सामना गरिरहेको यस्तो समस्याको पुष्टी गरेको छ । तर के कारणले समस्या आएको भन्नेबारे केही बताएको छैन ।

फेसबुकमा आएको समस्या समाधानका लागि आफूहरुले प्रयास गरिरहेको फेसबुकले जनाएको छ । तर यो समाचार तयार पार्दासम्म समस्या समाधान भएको छैन । अमेरिका, युरोप लगायतका कैयन क्षेत्रका प्रयोकर्ताहरुले समस्या आएको बताएका छन् ।

फेसबुकले यस्तो समस्या ह्याकर वा कुनै आक्रमणका कारण नआएको समेत बताएको छ । तर के कारणले आएको भन्नेबारे केही बताएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com