न्युयोर्कमा ७७ मिलियन डलर बराबरको कोकिन बरामद


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

न्युयोर्कमा सरकारी अधिकारीहरुले ७७ मिलियन डलर बराबरको लागुऔषध कोकिन बरामद गरेका छन् । अधिकारीहरुले ३२ सय पाउण्ड कोकिन बरामद गरेको र यो २५ बर्ष यताकै ठूलो बरामद भएको जनाएका छन् ।

न्युजर्सी र न्युयोर्कको नाकामा बरामद गरिएको उक्त कोकिन ६० वटा प्याकेटमा राखिएको थियो । लोड गरेर ल्याइएका कोकिनका कन्टेनर एलिजाबेथमा बरामद गरिएको हो ।

यसअगाडि सन् १९९४ मा ६६ सय पाउण्ड कोकिन बरामद भएको सीबीपी प्रवक्ताले जनाएका छन् । बरामद भएको लागुऔषध थप अनुसन्धानका लागि होमल्याण्ड सेक्युरिटीका संघीय अधिकारीहरुलाई बुझाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com