अष्ट्रेलियामा प्रवासी अभिभावकको लागि नयाँ भिसा लागु हुन लागेको छ । यो भिसा अन्तर्गत अभिभावकहरु अष्ट्रेलियामा पांच वर्ष देखि दश वर्षसम्म बस्न पाउनेछन् ।
उक्त नयाँ अभिभावक भिसा आगामी अप्रिल 17 देखि लागु हुनेछ । यो भिसामा आफ्ना अभिभावक अष्ट्रेलिया ल्याउन चाहनेले सुरुमा स्पोन्सरशिपको लागि निवेदन दिनुपर्नेछ । निवेदन दिने व्यक्ति अष्ट्रेलियाको नागरिकता पाएको या पीआर पाएको या न्युजिल्याण्डको नागरिक रहेको हुनुपर्नेछ । त्यस्तै, अभिभावक निवेदन दिने व्यक्तिलाई जन्म दिएको आमाबुवा या उसलाई धर्मसन्तानको रुपमा पालेका आमा बुवा या सौतेनी आमा अथवा सौतेला बुवा हुनुपर्नेछ ।
स्पोन्सरशिप निवेदन पछि त्यो निवेदन पास हुनुपर्नेछ । त्यसपछि मात्र भिसाको लागि निवेदन दिन सकिनेछ । स्पोन्सरसिप निवेदन पास भएको छ महिना भित्र भिसाको लागि निवेदन दिइसक्नुपर्नेछ ।
यो भिसा सुरुमा पांच वर्षको लागि प्राप्त हुनेछ र त्यसपछि पनि अष्ट्रेलियामा बढाउन चाहेमा पांच वर्ष थप गर्न सकिनेछ । यस भिसाको शुल्क चर्को भएका कारण प्रवासीहरुमा त्यति उत्साह देखिएको छैन ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
यो भिसा अष्ट्रेलिया सरकारले हरेक वर्ष १५ हजार वटा मात्र प्रदान गर्नेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।