अष्ट्रेलियाको सिड्नीमा सुटकेस भित्र भेटियो हराइरहेकी भारतीय युवतीको शव
प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

केही दिन देखि हराइरहेकी भारतीय युवतीको शव फेला परेको छ । ३२ वर्षिया उनको शव सिड्नीको साउथ इस्टमा सुटकेस भित्र फेला परेको हो । पेशाले डेनटिस्ट रहेकी उनको नाम प्रीथी रेड्डी रहेको बताइएको छ ।
प्रहरीका अनुसार, प्रीथीको शरीरमा थुप्रै पटक छुराले प्रहार गरेको देखिन्छ । मंगलबार राती प्रीथीको गाडी खोज्दै जाँदा प्रहरीले गाडीसंगै शव फेला पारेको थियो ।
एउटा कार्यक्रममा गएकी प्रीथी आइतबार राती घर आउंछु भनेर नफ़र्किएपछि परिवारले प्रहरीमा उनको खोजी गरिदिन आग्रह गरेका थिए ।
प्रहरीको अनुसन्धान अनुसार, आइतबार राती प्रीथी जर्ज स्ट्रीटको एक रेष्टुरेन्टमा गएकी थिइन्, त्यसपछि उनी एक्लै मार्केट स्ट्रीट गइन् । त्यसपछि उनी एकजना केटा साथी संग मार्केट स्ट्रीटको एक होटलमा बसेकी थिइन् । उनका ती केटासाथी सोमबार न्यु इंग्ल्याण्ड हाइवेमा भएको कार दुर्घटनामा मारिएका छन् । प्रहरीले प्रीथी हराउनुमा उनका ती केटासाथीलाई नै मूख्य आरोपीको रुपमा हेरेको थियो ।